काठमाडौं । आज निर्जला एकादशी । वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् ।
प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । आजको दिन रोपेको बीउ एक महिनापछि असार हरिशयनी एकादशीको दिन रोपिन्छ ।
निर्जला एकादशी भएकोले आज सक्नेले पानीसम्म नखाई व्रत बस्ने नसक्नेले फलफूल खाएर बस्दछन् ।






