काठमाडौं- काठमाडौं उपत्यकाका कवाडी व्यवसायीहरुले महानगर विरुद्ध काठमाडौंको बुद्धनगरमा प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरुले बिरोध प्रदर्शन शुरु गरेका हुन् । न्युन आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन प्रदर्शनकारीको आग्रह छ ।
कवाडी समुदायको जुलुस शंखमुलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्ग काठमाडौं पुगेर बिरोध सभामा परिणत भएको हो ।प्रदर्शनकारीले सरकारले सरसफाईका लागि लगानी गर्नुको साटो कवाड पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत बिस्थापित बनाउन खोजेको आरोप लगाएका छन ।






