काठमाडौं । विद्युत सेवा अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा केबलकार रोकिएको थियो । केबलकार दिउँसो ३ बजेपछि मात्र सञ्चालनमा आएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले विद्युत अवरुद्ध भएपछि केबलकारमा अड्किएका यात्रुलाई भ¥याङ हालेर जमीनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको एसपी अधिकारीले जानकारी दिए । चन्दागिरि केवलकार यसरी विभिन्न प्राविधिक समस्याका कारण बेला बखत अबरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय