काठमाडौं- गाईजात्राको अवसर पारेर किसिपिडीको आयोजनामा ‘नवौं किसिपिडी आन्तरिक ब्याडमिन्टन प्रतियोगिता–२०८३’ शनिबारदेखि काठमाडौंको महाकाल ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र महर्जनले गरेका हुन्। उद्घाटन समारोहमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, बागमती प्रदेशसभाकी पूर्वसांसद बेलीमाया घलेलगायत खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजक किसिपिडीले जनाएको छ। गाईजात्राजस्तो महत्वपूर्ण सांस्कृतिक पर्वको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले खेलकुद र संस्कृतिलाई एकसाथ जोड्ने आयोजकको विश्वास छ।

प्रतियोगिताले स्थानीय स्तरमा ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउनुका साथै खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, प्रतियोगितामार्फत स्थानीय खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन मिल्ने आयोजकको भनाइ छ।

किसिपिडीले विगतदेखि नै आन्तरिक ब्याडमिन्टन प्रतियोगितामार्फत स्थानीय खेलाडीलाई खेलकुदमा सक्रिय बनाउँदै आएको जनाएको छ। नियमित प्रतियोगिताले खेलाडीहरूबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना विकास गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। गाईजात्राको सांस्कृतिक उत्सवसँगै सुरु भएको प्रतियोगिताले स्थानीयस्तरमा ब्याडमिन्टन खेलको विकास र प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय