सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्। सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका ओलीले गिरिबन्धुबारे मेयर शाहलाई सोध्न भनेका हुन्।गिरिबन्धु टी-इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्।’ सोमबार बिहान काठमाडौं महानगरका मेयर शाहले गिरिबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको बैना फिर्ता गर्न आग्रह गरेका थिए।
मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए।सोमबार मेयर शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए।






