काठमाडौं । काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्दार गरिएको छ । गौशालास्थित पशुपतिनाथ मन्दिरको एक नम्बर गेट नजिकबाट मंगलबार साँझबाट दुई वर्षीया बालिका आकिशा सुनुवार हराएकी थिइन् ।

उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिकाको दधिकोटबाट अपहरण मुक्त गराएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । बालिका अपहरण गर्ने व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय