नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । शनिवार पार्टी अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा संचारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको उनको दावी छ ।

उनले एमालेमा जनताको आकर्षण अत्याधिक रहेको पाएको पनि जिकिर गरे । गुरुङले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताए । उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको आरोप लगाए । उपमहासचिव गुरुङले एमाले पहिचानबिरोधी नभएको बारे निर्वाचन प्रणाली समावेशी बनाएको बाटै प्रष्ट हुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय