काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ । मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रकृया अघि बढेको छ ।महाधिवेशन अन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेको हो । अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध जसपा अध्यक्ष भएका हुन ।

 

यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहे । अहिले महाधिवेशनबाट पनि उनी नै निर्वाचित भए ।महाधिबेशनमा अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय