झापाको हल्दिबारीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु हुने दुबै जनाको पहिचान खुलेको छ । मृत्यु हुने हल्दिबारी गाउँपालिका ५ का अन्दाजी ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरी वराहक्षेत्र – १० प्रकाशपुर बस्ने २१ वर्षीय विकेश कार्की रहेका छन् । कार्की मृतक प्रेम प्रसाईँका साला धनबहादुर कार्कीका छोरा भएको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
हल्दिबारी ५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ सवा सात बजे राजगढबाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको थियो । दुबै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा गएराति ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।



पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।



