ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ ।
भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवनहरू भत्किएको देखिन्छ ।कम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।
भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।



#BREAKING: massive earthquake 7.5
Multiple buildings have reportedly collapsed in Taiwan following a preliminary 7.5 magnitude earthquake.#Sismo#earthquake #earthquakes #deprem
#地震 #Dizhen #Taiwan #TaiwaneEarthquake pic.twitter.com/4m0NGby47R— kiran joshi (100% Follow Back) (@kiranjoshi235) April 3, 2024



