काठमाडौं । कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ ।
जनकपुरधामस्थित मिल्स एरियामा आज विहान प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा.२१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडी बसेका जयनाथ यादव गम्भीर घाइते भएका छन् ।



ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यादव राजधानी जनकपुर पत्रिकाको सञ्चालक थिए ।



