दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।

शनिबार दिउँसो १ बजेर ४७ मिनेटमा सिलाको बायाँ भागबाट २ घण्टाभन्दा बढी पसिना आएको भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

पसिना आएको खबरपछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ । सर्वसाधारणहरु मन्दिर भित्र पसेर घण्टी बजाएका थिए । सिला एक्कासी चम्किलो भएर तप–तप बग्न सुरु गरेको पसिना दुई घण्टादेखि निरन्तर रहेको स्थानीयले बताएका छन् । सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ । अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासनमार्फत सरकार र राष्ट्रपतिलाई खबर पुर्याइने जानकारी दिनुभयो ।

सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ । पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाइने गरिन्छ । कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय