काठमाडौं । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा दश जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

२ सय ९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, प्लस टुको नक्कली प्रमाणपत्र, नक्कली नाताप्रमाणित डकुमेण्टका आधारमा उनीहरु पक्राउ परेका हुन ।पक्राउ पर्ने नवलपुरका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको प्रहरीको भनाइ छ । त्यस्तै गोर्खाका भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साईरस विशंखे, दीपक केसी र सल्यानका बलबहादुर रावतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठ पनि पक्राउ परेको प्रहरीले जनाएको छ । गिरोहले भिजिट भिषामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरुलाई थाहा समेत नभएको प्रहरीले अनुसन्धानमा खुलेको छ । प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २ सय ९६ कागजातहरु बरामत गरेको छ ।

पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय