सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यले नगरपालिकाको फाँट फाँटमा गई ध्यानाकर्षण पत्र बुझाएका छन् । आफूहरुलाई उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै त्यसमा सुधारको माँगसहित उपमेयर सरिता देवी यादव सीपलियाको नेतृत्वमा फाँट फाँटमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पाँच वटा वडा अध्यक्ष तथा २५ जना वडा सदस्यसहित पुगेको टोलीले नगरपालिकाको प्रशासन, लेखा, योजना, प्राबिधिक, जिन्सी, सामाजिक विकास, महिला विकास लगायतका फाँटमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । आफ्नो नेतृत्वको टोली पत्र बुझाउन जाँदा मेयर बिरेन्द्र माझीले आफू कार्यपालिकाको बैठकमा ब्यस्त रहेको र बैठकसकिएपछि मात्र समय दिने बताएपछि फाँट फाँटमा गएर ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको उपमेयर सीपलियाले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरि लेखीएको ध्यानाकर्षण पत्रमा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण हुँदा आफूहरुलाई पूर्णवेवास्ता गर्ने गरेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल बन्द गरि नगरको नीति तथा कार्यक्रम र बजेट स्थानीय सरकार संचालन ऐन बमोजिम तथा पारदर्शी हुनुपर्ने माग गरिएको छ ।

पत्रमा २०८० साल असोज १९ गतेको कार्यपालिकाको बैठकले बजेट सिलिङको विषयमा छलफल हुँदा योजना तर्जुमा दिग्दर्शन तथा स्थानीय सरकार संचालन ऐनमा ब्यवस्था भए बमोजिम विभिन्न क्षेत्रका लागि बजेट बिनियोजन गर्नुका साथै वडा सिलिङ कायम गरिएकोमा सो विपरीत वडा सिलिङमा समेत विभेद गरिएको आरोप लगाइएको छ ।

सो पत्रमा वडा सिलिङमा विभेद हुने गरि ६ करोड ७० लाख विनियोजन गरिएको तथा थप १३ करोड बजेट बिनियोजन गर्दा आफूहरुसँग कुनै छलफल नगरि मनपरी ढंगले छुट्टयाइएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय