नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पक्राउ पुर्जीविरुद्ध आज साँझ मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्यूताएर सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको सो आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ ।

सरकारसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने सहमति भएपनि त्यस विपरित पूर्जि जारी भएको नेकपाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय