धरानमा यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारको बजार धान्ने भएको छ ।सयपत्री लगायत फूल स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने देखिएको हो ।

कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो ।धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको छ । विगतका केही बर्षहरुमा कहिले फूल रोपेर तिहारको गर्जो टार्नेहरुलाई तिहार टार्न नै धौ धौ भएपनि यस बर्ष भने प्रसस्त फूल फुलेका कारण फूल विक्री गरेर आएको रकमले तिहार टर्ने किसानको अपेक्षा छ ।

यस बर्ष धरान ५ खैरेनी, आपटार, धरान ६ पानबारी, सिमलटार लगायतका क्षेत्रमा कृषकहरुले लगाएको सयपत्री फूल ढकमक फुलेको छ । स्थानीय सरकारले समेत फूल कृषकहरुलाई प्रोत्साहन गर्दै आइरहेको छ । सयपत्री फूल रोप्न अभियान नै चलाएको धरान–६ का जनप्रतिनिधि बताउन । नेपालकै फूलमा आत्मनिर्भर बनाउदै आयातित फूल रोक्ने अभियानमा स्थानीय सरकार लागेको हो ।

कृषकका जीवनस्तर उकास्न सयपत्री फूल खेतिले मद्धत पुग्ने भएकोले पनि सयपत्री फूलको व्यवसायिकरणतर्फ जनप्रतिनिधिहरुले जोड दिएका हुन । यो बर्ष भारतीय आयातित फूललाई नेपाली फूलले विस्थापित गर्ने सम्भावना बढेर गएको छ । गत बर्षको तिहारमा सम्पुर्ण फूलको २५ प्रतिशत भारतीय फूल प्रयोग गरिएको भए पनि यस बर्ष नेपाली फूल नै पर्याप्त हुने देखिएको छ ।

गत बर्ष तिहारमा धरानको कृषि बजारबाट औसतमा ४ लाख मालाको कारोबार भएको थियो । यो बर्ष बर्ष ४ लाख ५० हजार मालाको कारोबार हुने अपेक्ष छ । धरान ५ र ६ का वडाहरुबाट मात्र यस बर्षको तिहारमा सर्वसाधारणले करोडौ रुपैया बराबरको फूल विक्री गर्ने अनुमान गरिएको छ । यी वडाका प्रत्येक घरपरिवारले यस बर्ष सयपत्री फूल लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय