काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृंङ्खलाअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछि तीन खेलमा लगातार हार व्यहोर्यो ।

पहिलो खेलमा ४ विकेटको जितेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित हुन पुग्यो । चौथो खेलमा वेष्ट इण्डिजसँग २८ रनले पराजित हुँदै भएसँगै नेपालले सिरिज गुमाउन पुग्यो ।

पाँचौ तथा अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।

नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० ३–१ ले गुमाइसकेको छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय