नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताएकाछन् । कांग्रेस पाटीको दुस्मन कुनै दल वा समुह पनि छैन् । एमाले, माओवादी, राप्रपा लगायत अहिले आएका सबै दलहरु कांग्रेसको प्रतिस्प्रधी मात्रै हो हाम्रो दुस्मन देशको गरिबी र बेरोजगारी हो ।
नेपाली कांग्रेसले संकल्प गर्नु पर्छ । कांग्रेस हामी बदल्छौ । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबै भन्दा ठुलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नु पर्छ । नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकहरुको स्वतन्त्रतानै समाजको परिबर्तनको सबैभन्दा ठुलो शक्ति हो । नागरिक स्वतन्त्र भएनन भने त्यो समाजले परिबर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पाटी अगाडि बढेको जानकारी दिए । देशका सबै दल र समुहलाई सम्हालेर लैजान सक्ने पाटी नेपाली कांग्रेस मात्र भएको बताए ।



महामन्त्री थापाले ऋषि मुनीको पावन भूमि पास्वत क्षेत्र तपाइ हामी कसैले भनेर हिन्दु भएको हैन् । तपाइ हाम्रो लामो इतिहास छ । हिन्दु धर्मलाइ कसैले पछाडी पार्न सक्दैन् । यो कसैले हल्लाएर नहल्लिने बताए । कुनै पाखण्डले हिन्दु धर्म खतरामा छ भन्दैमा कसैको पछाडी लाग्न नहुने बताए ।
देशभरका पाटीहर संग भन्नै पर्छ चुनाव हारे हारिएला मञ्चबाट झरेर चकटीमा बस्नु परे बसौल, दुइ चुनाव हार्न परे पनि हारौला, सबै कम्युनिष्ट पाटी एक बनेर आएपनि कांग्रेसले आगामी निर्बाचनमा गठबन्धन नगर्ने स्पस्ट पारे । नेपाली कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका कार्यक्रताले रुख भन्दा अन्य चिन्हमा भोट हाल्नु पर्दैन । सत्तामा नपुगे नपुगिएला । कांग्रेसले अब यो भन्ने हिम्मत गर्नु पर्छ । नेपाली नागरिकलाइ अन्य देशका नक्कली नागरिक बनाएर नागरिक सम्म पनि बेच्नको लागि आफ्नो खल्तीमा पैसा हाल्ने निर्बाचित भएको सांसद, मन्त्री जो भएपनि जुन पाटीको भएपनि एक जना कसैले पनि क्षमा पाउन नहुने बताए । अपराध गर्ने जो सुकै होस । एक जनाले पनि क्षमा पाउन हुदैन् ।
संघिय मर्म र भावना अनुसार प्रदेश सरकार र स्थानीय तहलाई अधिकार दिन नसक्दा संघियता माथी प्रशन चिन्ह खडा भएको बताए । नेपालमा एउटै मान्छ ४ पटा ५ पटक प्रधान मन्त्री किन बन्नु पर्छ । सबै प्रधानमन्त्री बनेका मान्छे बसेर देश डुब्यो भनेर चिन्ता गरेको देख्छु । उहाहरुलाइ मैले भने आजबाट नेपालका प्रधान मन्त्री र भुत पुर्ब प्रधान मन्त्रीले अब उप्रान्त प्रधानमन्त्री नहुने प्रतिबद्धता ब्यक्त गरिम भनेर भन्ने हो भने पनि देशमा राजनितिक समस्याको समाधान हुन्छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता मानबहादुर विश्वकर्माले परिबर्तको लडाइमा कांग्रेसको भूमिका पहिलो भएको बताए ।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजा ज्ञानेन्द्रकै सहयोगमा नेपालमा गणतन्त्र आएको बताए । जन आनदोलनको समयमा राजा ज्ञानेन्द्र थिए । ज्ञानेन्द्रले गणतन्त्र आउन दिदैन भनेर हतियार लिएको भए २÷४ सय मानिस मर्ने थिए । मानिस मर्न थालेपछि कम्प्रमाइज हुन्थ्यो तर राजाले त्यो गरेनन् । राजदण्ड र श्रीपेच बुझाएर गए । सरकारले राजालाई नागार्जुनमा बस्न भनेर पठायो । उनी मन्दिर जाने पुजा गर्ने राम्रो काम हो । राजाले गणतन्त्र ल्याउन कोशिष नगरेको भए रक्तपात हुन्थ्यो ।
नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै नेता भण्डारीलेअहिलेको विदेश पलायनले देश बढाबुढीको बस्ने थलोको रुपमा विकास भएको बताउदै युवाहरुको बढ्दो विदेश पलायन रोक्न सबै लाग्नु पर्ने बताए । ३ सय ६५ दिन भाषण् गर्न पनि हिड्ने कांग्रेसको झण्डा पनि बोक्ने, चुनावको समयमा अरुलाइ भोट दिने परिपाटीले कांग्रेस यस्तो अबस्थामा आएको बताए ।
लोकतन्त्रमा नेताहरु झुपुडीमा बस्ने र जनता महलमा बस्छन् । तर अहिले नेताहरु महलमा बस्छन् जनताले सिटामोल पाउदैनन् । जनता झुपुडीमा बस्ने परिपाटी छ । ने कांग्रेसले सबै जनतालाई महलमा बसाउन चाहेको छ । कांग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसालले लोतन्त्रको रक्षाको लागि कांग्रेसले कसै संग सम्झौता नगर्ने बताईन । उनले नेपाली जनताको लामो इतिहास र वलिदानीबाट प्राप्त लोतनत्र र गणतन्त्र जोगाउन कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताईन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको बताए । उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन् ।
’कांग्रेस पनि सुध्रिनुपर्ने छ। हाम्रा कमी कमजोरी छन्। कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ। प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ। यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,’ उनले भने।



