नेपालको राजनीतिमा सबैभन्दा पुरानो दल नेपाली कांग्रेस १५औं महाधिवेशन शुरु भएको छ । १४ नियमित र दुई विशेष महाधिवेशन गरेको कांग्रेसको इतिहासमा कहिले कुन महाधिवेशनबाट को नेतृत्वमा आए ? हेरौं ।

जहानिया राणा शासनको अन्त्यका लागि तत्कालिन युवाले राजनीतिक दल खोल्ने निर्णय गरे । प्रजापरिषद् नामक दल त खुलिसकेको थियो । तर त्यो दलबाट राणा शासन अन्त्यको सम्भावना नभएपछि नेपाली कांग्रेस गठन भयो । राणा, पञ्चायत र राजतन्त्रको अन्त्य गर्न अनि गणतन्त्र नेपालको संविधान जारी गर्न निर्णायक भूमिका खेलेको
नेपाली कांग्रेसको महाधिवेशनको इतिहास कस्तो छ त ? कुन महाधिवेशनबाट को सभापति भए ?

प्रथम महाधिवेशन – भारतको कोलकातास्थित भवानीपुरमा
मिति- २००३ माघ १२ र १३ गते
सभापति- टङ्कप्रसाद आचार्य
कार्यवाहक सभापति- विश्वेश्वरप्रसाद कोइराला

दोस्रो महाधिवेशन – भारतको बनारस
मिति- विसं २००४ माघ २० र २१ गते
सभापति- विश्वेश्वरप्रसाद कोइराला

तेस्रो महाधिवेशन- भारतको दरभङ्गा
मिति- २००५ फागुन १८ देखि २० गते
सभापति- मातृकाप्रसाद कोइराला

चौथो महाधिवेशन- भारतको कोलकाता
मिति- २००६ चैत २६ र २७ गते
सभापति – मातृकाप्रसाद कोइराला

पाँचौं महाधिवेशन- जनकपुर
मिति- २००९ जेठ १० देखि १२
सभापति- विश्वेश्वरप्रसाद कोइराला

छैटौं महाधिवेशन- वीरगञ्ज
मिति- २०१२ माघ ९ देखि १३ गते
सभापति- सुवर्ण शम्शेर राणा

विशेष महाधिवेशन- विराटनगर
मिति- २०१४ जेठ १० देखि ११
विशेष महाधिवेशनको प्रस्तावक- तत्कालिन सभापति सुवर्ण शम्शेर राणा
सभापति- विश्वेश्वरप्रसाद कोइराला

सातौं महाधिवेशन- काठमाडौं
मिति- २०१७ वैशाख २५ देखि ३१
सभापति- विश्वेश्वरप्रसाद कोइराला

तत्कालिन राजा महेन्द्रले शासन सत्ता हातमा लिएसँगै तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति बिपी कोइराला सुन्दरीजल जेल हालियो । जेलबाटै कोइरालाले कार्यवाहक तोक्नुभयो ।
मिति- २०१७ पुस
कार्यवाहक सभापति- सुवर्ण शम्शेर राणा
अवधि- ८ वर्ष

कोइराला ८ वर्ष जेल बिताएर सुन्दरी जल जेलबाट भारत प्रवासमा जानुभयो । त्यहाँ ८ वर्ष बिताएपछि
(२०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुअघि नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभयो । )
मिति- २०३३ पुस १० गते
कार्यवाहक सभापति- कृष्णप्रसाद भट्टराई
अवधि- १५ वर्ष

आठौं महाधिवेशन- झापा
मिति- २०४८ फागुन १ देखि ३ गते
सभापति- कृष्णप्रसाद भट्टराई

नवौं महाधिवेशन- काठमाडौं
मिति- २०५३ वैशाख २६ देखि ३० गते
सभापति- गिरिजाप्रसाद कोइराला

दशौं महाधिवेशन- पोखरा
मिति- २०५७ माघ ६ देखि १० गते
सभापति- गिरिजाप्रसाद कोइराला

११ औं महाधिवेशन- काठमाडौं
मिति- २०६२ भदौ १ देखि ४ गते
सभापति- गिरिजाप्रसाद कोइराला

बाह्रौं महाधिवेशन- काठमाडौं
मिति- २०६७ असोज १ देखि ५ गते
सभापति- सुशील कोइराला

तेह्रौं महाधिवेशन- काठमाडौं
मिति- २०७२ फागुन २० देखि २३
सभापति- शेरबहादुर देउवा

चौधौं महाधिवेशन( काठमाडौं
मिति- २०७८ मंसिर २४ देखि २८ सम्म
सभापति- शेरबहादुर देउवा

दोस्रो विशेष महाधिवेशन
मिति-२०८२ पुस २७-माघ १
सभापति- गगनकुमार थापा

पन्ध्रौं महाधिवेशन- काठमाडौं
मिति- २०८३ असोज १८ देखि २२ गतेसम्म

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय