काठमाडौं महानगरले न्यूरोटमा बाटोको पीच काटेर बढाउन लागेको फुटपाथलाई पुन सडक विभागले पीच गरेको छ । केहि समय अगाडी महानगरलाई पत्र पठाउदै पीचलाई पहिलाकै अवश्थामा पीच गर्न दिएको चेतावनी महानगरले नमानेपछि सडिक विभागले आज आफै न्यूरोटका काटिएको सडक आफै पीच गरेको छ । सडक विभाग र महानगरका कर्मचारी बीच केहि समय चर्का चर्की समेत परेको थियो ।डिभिजनले सडक कालोपत्रे थालेपछि महानगर प्रहरी पनि न्युरोड पुगेको थियो। महानगर प्रहरी पुगेपछि भएको तनावकाबीच अहिले विभागले कालोपत्रेको काम गरिएको छ।




तनाब उत्कर्षमा पुगेलगत्तै नेपाल प्रहरी पनि न्युरोड पुगेको थियो। नेपाल प्रहरी पुगेपछि नगर प्रहरीसँग केहीबेर वार्ता भयो। अहिले नगर प्रहरी त्यहाँबाट फर्किएको छ। अवरोधकैबीच सडक विभागका कर्मचारीहरूले न्युरोडमा सडक पिचको काम अघि बढाएका छन्। ‘न्युरोड जस्तो क्षेत्रमा भद्रगोल भएसंगै हामी आफैले कालोपत्रे गर्न लागेका हौं,’ सडक डिभिजन कार्यालय काठमाडौँका इन्जिनियर प्रमोद खतिवडा भन्छन्, ‘कुल २१० मिटर लम्बाईमा कालोपत्रे हुँदैछ। दुवैतर्फ १।५ मिटर कटान गरिएको छ।’।

देशको विभिन्न स्थानमा सडकको दुरा अवश्था हुदा ध्यान नदिएर बदनामी कमाएको सडक विभागले न्यूरोटको निर्माणाधिन सडकमा भने रातारात आफ्ना कर्मचारी खटाएर महानगरका मियर बालेन शाहसंग रिसिभी मोलेको देखिीएको छ ।



