काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ ।

उहाँको आज बिहान आफ्नै निवास स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो । रेग्मी स्याङ्जाका पूर्वसभापति एवं पूर्व सांसद हुन् ।

रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुनुहुन्थ्यो । उहाँको शव जिल्ला पार्टी कार्यालय स्याङ्जामा बिहान ११ बजे अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय