काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
बिहान ११ बजे देखि बस्ने बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त मौखिक तथा लिखित प्रश्न र उत्तर सम्बन्धित सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।



यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८÷०७९ र तेस्रो वार्षिक प्रतिवेदन २०७९÷०८० पेश गर्नुहुने छ ।
बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि बर्खे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ ।



