काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको आन्दोलनलाई तीनकुनेमा रोक लगाईएको छ । ११ बजे तीनकुनेमा जम्मा भई प्रदर्शन गर्ने उद्घोष गरेका प्रसाईलाई भक्तपुरको ठिमीस्थित घरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घरबाटै बाहिर निस्कन दिइएको छैन ।
गणतन्त्रको विरोध र राजतन्त्रको समर्थन गरेका प्रसाईले हिजो काठमाडौंको बल्खुमा प्रदर्शन गरेका थिए । तीनकुनेमा सरकारले प्रदर्शन गर्न अनुमति नदिएपछि प्रसाईंका समर्थकहरू तीनकुने या बल्खु कता जाने भनि अलमलमा परेका छन् ।



प्रसाईं समूहले आन्दोलन निरन्तर रहने र आन्दोलनमा करिब तीन लाख मान्छे सहभागी रहेको दाबी गरेपनि प्रहरी प्रशासनले भने १० हजारको संख्यामा मात्र प्रदर्शनकारी रहेको बताएको छ ।



