बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ३ बौडीस्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाईते भएका छन् भने दर्जनौ पशु चौपाया पुरिएका छन् ।

पहिरोमा परि घाईते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले जानकारी दिनुभयो । उक्त ठाउँमा ३० परिवार बसोबास गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले घटनास्थलमा प्रहरी टोली पुगेको र उद्धार कार्य भइरहेको जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय