काठमाडौं । बाजुराको गौमुल गाउँपालिमा बिहीबार राति जिप दुर्घटना भएको छ ।
घटमुनाबाट सियाढुंगा जाँदै गरेको से १ ज ९८९ नम्बरको जिप मालीवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–६ घर भएका अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।



