काठमाडौं । लिकर संघका अध्यक्ष राजन केसी र अनिल केसीले संचालन गरेको बुढानिलकण्ठ नगरपालिका चुनिखेलमा रहेको के के एण्ड के स्टोरमा राजश्वको टोलीले छापा मारेको छ ।
राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरले अवैधरुपमा विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका करोडौंको रक्सी कर छली गरी भण्डार गरी राखेको सूचना शसस्त्र प्रहरी बलको ब्यूरोले उपलब्ध गराएको आधारमा छापा मारेको हो । विभागले काठमाडौै महानगरपालिका वडा नं ३ बसुन्धराबाट एक थान ल्यापटप, कम्प्यूटरको सिपियू २ थान, पेनड्राइभ ४ थान र ७ बोरा कागजात नियन्त्रणमा लिई अफिस, स्टोर र पसलमा सिल लगाएको छ ।






