काठमाडौँ । मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान १ बजेर १९ मिनेटमा शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मकवानपुरको चित्लाङ आसपास ४ दशमलब ५ म्याग्निच्युड भूकम्प गएको जनाएको छ । भूकम्पले काठमाडौं, धादिङ र मकवानपुरमा महसुस गरिएको छ । मस्त निन्ध्रामा भूकम्पको कडा धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । काठमाडौं नजिकै केन्द्रविन्दु भई भूकम्प गएकोले काठमाडौंमा कडा भूकम्पको धक्का महसुस गरिको छ ।



यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई शक्तिशाली भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा ठूलो धनजनको क्षति भएको थियो ।



