भक्तपुर । साइबर क्राइमसम्बन्धी मुद्दामा मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी ढकाललाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो । ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिएका छन् ।



ढकाल दलबललिएर भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेको प्रहरीले जनाएको छ । ढकालका पूर्वपछि मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनी बालकोटको घर आफ्नो भन्दै ताला लगाउन पुगेकी थिइन् । कालसहित केही युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मीना दलबलसहित बालकोट पुग्दा गजुरेल घरमा थिएनन् । गजुरेलको घरमा ताला लगाएर
बाहिरिँदै गर्दा छिमेकीले प्रहरीलाई खबर गरिदिएका थिए । त्यसपछि प्रहरीले मीनालाई हिरासतमा लिएको थियो ।



