काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको प्रवक्ता रेखा शर्माले जानकारी गराएकी हुन् । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन राष्ट्रपति पौडेलले कार्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने र जर्मनी र इटालीको समेत भ्रमण गरी आगामी मंसिर १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । यसैगरी बैठकले युएईमा आयोजना हुने १८ औं एजुकेशन अफ द दुवै एयरशो २०२३ मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय