काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएर पार्टीको केन्द्रीय पदाधिकारीको बैठक बस्न लागेको हो । बैठकमा पार्टीले भदौदेखि सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षा समेत गर्नेछ । साथै माओवादीले मंसिरमा अभियान समापन गर्ने भने पनि पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित हुन पुगेको छ । माओवादीको आजको बैठकले विधान सम्मेलन गर्ने तयारी पनि गर्नेछ ।

बैठक अपराह्न ३ बजे बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय