काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र गतिशील बनाउने विषयमा निजी क्षेत्रसँग छलफल गर्दै छन् ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आज दिउँसो २ बजे अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे छलफल गर्न लागेका हुन् । छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सम्बन्धित निकायका प्रतिनिधिलगायतको सहभागी हुनेछ ।



यसअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गर्नुभएको थियो ।



