यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीलाई प्रदान गरिने भएको छ । महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार समितिले मोहम्मदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मोहम्मदी अहिले इरानको जेलमा रहेकी छन् । इरानको सरकारले उनलाई १३ पटकसम्म विभिन्न आरोपमा पक्राउ गरेको थियो । जसमध्ये पाँच पटक उनी दोषी ठहर भएकी छन् ।

मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ । नोबेल पुरस्कार विजेतालाई आगामी डिसेम्बर १० मा पुरस्कार वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय