काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

आठबीसकोट वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा. १द १४ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी आठबिसकोट नगरपालिका–१० नाउँलाका ४६ वर्षीय लोक बहादुर शाही, उनका श्रीमती ४२ वर्षीया चुकी शाही र सोही वडाका ५२ वर्षीय भद्र सार्कीको मृत्यु भएको हो ।

त्यस्तै वडा नं. ८, का ४८ वर्षीय धनराम सार्की र सोही वडाकी ४७ वर्षीया निर्मला सार्कीको पनि दुर्घटनामा मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टरका फरार रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय