सन् २०२३ मा विदेशबाट स्वदेश फर्कनेभन्दा देश छोडी विदेशिने नेपालीको संख्या निकै ठूलो रहेको तथ्यांकले देखाएको छ । अध्यागमन विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार त्रिभुवन विमास्थल हुँदै २०२३ मा १६ लाख तीन हजार ८ सय ३६ नेपाली विदेश गएका छन् । यो विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको हो । सोही अवधिमा विभिन्न देश पुगेका १२ लाख ६३ हजार ४ सय ६९ नेपाली स्वदेश फर्केका छन् ।

स्वदेश फर्कनेभन्दा विदेशिने नेपालीको संख्या तीन लाख ४० हजार ३ सय ६७ ले बढी रहेको विभागको तथ्यांकले देखाएको हो । गत बर्ष विश्वका २ सय ९ देश तथा क्षेत्रमा नेपालीहरू गएको तथ्यांकले देखाएको छ । गत वर्ष सबैभन्दा बढी यूएईमा दुई लाख ७१ हजार ८८ नेपाली त्रिभुवन विमानस्थल हुँदै गएका छन । त्यस्तै भारत, कतार, मलेसिया, साउदी अरब, अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत र कुवेत जानेको संख्या पनि उल्लेख्य छ । गत वर्ष मात्र रुसमा एक हजार ७९५ नेपाली गएको देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय