काठमाडौं । विश्वका प्रदूषित शहर मध्यको सूचि मध्ये काठमाडौं आज दोस्रो स्थानमा रहेको छ । एयर क्वालिटी इन्डेक्स’का अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८७ रहेको जनाएको छ । एक्यूआई १ सयभन्दा बढी भएमा वायु अस्वस्थकर मानिन्छ ।
देशका अधिकांश भागमा लागेको आगलागी, डढेलो र धुलोका कारण प्रदुषणको मात्रा बढेको देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा अहिले यो समस्या देखिएको जनाएको छ ।






