काठमाडौं । सालिन पोखरेलको पोष्टमार्टमको रिपोर्ट आएको छ ।
फागुन १२ गते चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनको होस्टेलमा पोखरेल मृत फेला परेकी थिइन् । पोखरेलको शव पोस्टमार्टमको लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।



अस्पतालले चितवन प्रहरीलाई बालिकाको बलात्कार नभएको रिपोर्ट पठाएको छ । रिर्पोटमा १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । अस्पतालले बालिकाको बलात्कार नभई आत्महत्या नै भएको पुष्टि गरेको छ ।
शालिनका बाबुआमाले आफ्नी छोरी झुण्डिएर नभई बलात्कार गरी हत्या गरिएको बताएका छन् । उनीहरुले आफ्नी छोरीको घटनालाई पनि कंचनपुरकी निर्मला पन्तको जस्तो बनाउन खोजेको बताएका छन् ।
घटनामा शिशु निकेतनका प्रधानाध्यापकसहित तीनजना प्रहरीको नियन्त्रणमा रहेका छन् ।



