संयुक्त अरब इमिरेट्स यूएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न यूएईका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन । ‘कोप–२८’ मा सहभागी हुन युएई पुगेका उनले त्यहाँका लगानीकर्तासँग नेपालमा पूँजी परिचालन गर्न आग्रह गरेका हुन । प्रधानमन्त्री दाहालले दाहालले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरे ।
त्स्तै युएईको राजधानी अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गर्दै उनले सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन ।त्यस्तै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन । उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने उल्लेख गरे ।



त्यस्तै उनले दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको बताए । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो ।



