काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।



यसैगरी, बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ‘ख’ को प्रयोजनका लागी राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्यामध्ये शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाती (दलित बाहेक) लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय गरेको छ । यस्तै, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ पनि स्वीकृत गरेको छ ।



