सिन्धुली – सिन्धुली जिल्लाकमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको टिविएम भुगर्भभित्रको पहिरोका कारण जाममा परेको छ ।केही समय अघिदेखि जाममा परेको टनेल वोरिङ मेसिन टिविएम डाइभर्ट गरेर संचालन गराउन नेपाली उच्च अधिकारी तथा विदेशी विषेशज्ञहरुको टिम आयोजना स्थलमा खटिएको छ ।

टनेल वोरिङ मेसिन टिविएम संचालनकालागि नेपालमा विषेशज्ञ उपलव्त्र नभए कारणले नेपाल सरकारले सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको आग्रहमा चीनीया विषेशज्ञ झिकाएको थियो ।जाममा परेको टनेल बोरिङ मेसिन (टीबीएम) डाइभर्ट गरेर अगाडि बढाउने र पहिरो हटाएर संचालन गर्न टिविएम विषेशज्ञको टोली सर सल्लाह गरिरहेको जनाईएकोके छ ।सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्धे करिव १० दशमलव ५ किलोमिटर सुरुङ निर्माण भैसकेको अवस्थामा सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका वडा नं ७ को ढाडबेसी निगुली क्षेत्रको भुगर्भ भित्र माटो र साना ढुंगाको पहिरो आएर टिविएम जाममा परेको बताईएको छ ।

लगातार टिविएम जाममा पर्दा आयोजना र सुरुङ खन्ने जिम्मा पाएको चिनीया ठकेदार कम्पनि चाईना ओभरसिज ईन्जिनिर ग्रुप कोवेकको सम्पुर्ण कार्य रोकिदा दैनिक रुपमा करोडौ नोक्सानी हुदै आएको छ ।पछिल्लो पटक सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टीबीएम) लाई पहिरोले थिचेपछि पहिरो पन्छाएर संचालन गरिएता पनि लगातार पहिरो गएका कारणले डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको छ ।

सुनकोसी–मरिण डाइभर्सन बहुउदेश्यिय योजनाका प्रमुख मित्र बरालका अनुसार गिलो पहिरो माटो झरेर सुनकोशी– ७ मझुवाको ढाडबेसी निगुली क्षेत्रको भुगर्भमा चौथो पटक टनेल बोरिङ मेसिन अवरुद्ध भएको हो ।यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टनेल बोरिङ मेसिन (टीबीएम) मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो पाउडर खसेर टनेल निर्माण अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय