काठमाडौं । आजदेखि सोह्रश्राद्ध सकिदै छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई पितृपक्ष अर्थात औंसीका दिन विधिपत रुपमा समापन गरिंदै छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने गरिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध हुने र पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने विश्वास रहिआएको छ । सोह्रश्राद्ध अपराह्न कालमा गरिनु पर्ने शास्त्रीय मान्यता रहेको छ ।



आश्विन कृष्ण प्रतिपदादेखि औंसीका दिनसम्म कारणबस सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैं सुरु हुन्छ ।



