काठमाडौं । चन्द्रागिरि नगरपालिकामा झिलिमिली हाट बजार सञ्चालन हुने भएको छ । वडा नं. ६ र ७ मा संयुक्त आयोजनमा कात्तिक २३, २४ र २५ गते वडा नं. ६ र ७ को कार्यालय जाने सडकको दुबै तर्फ बजार संचालन हुने हाट बजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।
हाट बजारमा दीपावली, नेपाल सम्वत तथा छठ पर्वका लागि चाहिने स्थानीय स्तरमा उत्पादित वस्तु तथा सामग्री राखिने पनि समितिले जनाएको छ । हाट बजारमा दुई वडामा रहेका विभिन्न संघसंस्था र समूहले उत्पादन गरेका वस्तु विक्री वितरण हुने छ । हाट बजारको तयारी पनि तीब्र रुपमा भइरहेको समितिले जनाएको छ ।






