प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भजनसम्राट भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सोमबार निधन भएका आचार्यप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै उयनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताएका हुन । प्रधानमन्त्री दाहाले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पु¥याउनुभएको योगदान अजर अमर र सिर्जनाहरु कालजयी रहने बताए ।

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । त्यस्तै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताए । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत÷संगीतमा एउटा अध्याय समाप्त भएको बताए ।

महामन्त्री शर्माले स्वर सम्राट नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व. आचार्य रहेको उल्लेख गरे । नेपाली संगीतलाई अझै निरन्तरता दिनका लागि स्व. आचार्यले आफ्न दुई पुत्रहरुलाई पनि सांगीतिक क्षेत्रमै लगाएको दुबै महामन्त्रीको भनाइ छ । आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय