काठमाडौं । काठमाडौंबाट हेटौँडा जाँदै गरेको सुमो उकालो तान्न नसकी थानकोट-चित्लाङ सडक खण्डको बाटोबाट खसेर दुर्घटना भएको छ । ना १ ज ६२६१ नम्बरको टाटा सुमो चन्द्रागिरि नगरपालिका-४ उकालो होलमा सडकबाट ५० मिटर तल खसेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले उकालो चढ्न नसकेपछि यात्रुलाई उतारेर माथि जान खोज्दा सडकबाट तल खसेको जानकारी दिएका छन् । ११ जना यात्रु लिएर सुमो हेटौँडा जाँदै थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय