काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मीनबहादुर घले र उनको समूहले १ सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

मंसिर २२ गते दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा घले पनि पक्राउ परेका थिए । घटनाको छानबिनको क्रममा घलेले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको व्यवस्था मिलाएको समितिले जनाएको छ ।

दुबईबाट मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले सुन लिएर आउने र एयरपोर्टमा सेटिङ मिलाउन दनबहादुर गुरुङलाई प्रयोग गरेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय