काठमाडौं । एसईईका लागि रजिष्ट्रेसन फाराम खुलेको छ । माध्यमिक शिक्षा परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ मा हुने एसईई परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेसन आवेदन खुला गरेको हो ।
बोर्डले सूचना जारी गर्दै मंसिर मसान्तसम्म आवेदन दिन सकिने र फाराम शुल्क ३ सय रुपैयाँ लाग्ने जनाएको छ । तेकिएको समयमा फारम नबुझाए पुस १ देखि १५ गते सम्ममा दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने छ ।






