काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नु भएको छ ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा आयोजित दुई दिने क्यासी सम्मेलनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नु भएको हो । लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेको भन्दै कृषि, पर्यटन र उर्जा क्षेत्रमा नेपालमा लगाानीका अवसर बढ्दै गएको उहाँको भनाइ छ ।



नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको र नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि बन्दै गएको भन्दै पौडेलले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नु भएको हो ।



