काठमाडौं । लुटेराहरूको एक समूहले अमेरिकाको टेक्ससमा एक नेपालीको हत्या गरेका छन् ।
टेक्ससको वेको सिटी नजिकै रहेको हाइवे–३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । वली रुकुम बाफीकोटका भएको बुझिएको छ ।



घटनाको बारेमा परिवारलाई जानकारी गराइसकिएको छ ।



