काठमाडौं । आईसीसी विश्वकप लीग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्सले अमेरिका लागि पराजित गरेको छ । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जीत हात पारेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै २ सय १८ रनमा सिमित हुन पुग्यो । अमेरिकाको लागि मिलिन्ड कुमारले सर्वाधिक ६९ रन जोडे । उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।​

टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ६५ रन जोडे । उनले ५५ बलमा ६ चौका प्रहार गरेका थिए ।

८ टोली सहभागी लीग टु को अंक तालिकामा नेदरल्यान्ड्स ८ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका २ अंकका साथ छैठौं स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा छ ।​

अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लीग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय