काठमाडौं । अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा र खरिद दर १३३ रुपैयाँ ५५ पैसा तोकेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
डलरको मूल्यमा नयाँ रेकर्ड बन्दै गर्दा नेपाली मुद्राको भने अवमूल्यन हुन पुगेको छ । डलरको मूल्यबृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव परेपनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजमा भने ठूलो असर परेको छ ।



भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेको नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा ओर्लेको छ । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ ।



