काठमाडौं । अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
हार्ड रक रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले उपाधि उचालेको हो ।



मार्टिनेजको १ गोल नै कोलम्बियालाई भारी हुन पुग्यो । अर्जेन्टिनाको जितमा मार्टिनेजले खेलको ११२औं मिनेटमा गोल गरे । उक्त गोल नै निर्णायक खेलको निर्णायक बन्न पुग्यो ।



